भारतमा पछिल्लो २४ घण्टामा संक्रमितको संख्या २० हजार नाघ्यो

एजेन्सी, २० साउन । भारतमा पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमितको सङ्ख्या २० हजार नाघेको छ ।
शुक्रबार बिहान केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले दिएको जानकारीअनुसार बिहीबार एक दिनमा कोरोना सङ्क्रमितको सङ्ख्या २० हजार ५५१ पुगेको छ ।
देशमा हाल कोरोना सङ्क्रमितको सङ्ख्या ४ करोड ४१ लाख ७ हजार ५८८ पुगेको छ । गत दुई दिनयता २० हजार भन्दा कम भएको कोरोना सङ्क्रमित शुक्रबार पुनः २० हजार नाघेको छ ।
देशभर १ लाख ३७ हजार ५७ जना सक्रिय सङ्क्रमित छन् । यसैगरी २१ हजार ५९५ सङ्क्रमणमुक्त भएका छन् । योसँगै कोरोना सङ्क्रमणमुक्त भएकाको सङ्ख्या ४ करोड ३४ लाख ४५ हजार ६२४ पुगेको छ ।
हिजो २४ घण्टाको अवधिमा कोरोना सङ्क्रमणबाट ७० जनाको मृत्यु भएको छ । योसँगै कोरोनाबाट ५ लाख २६ हजार ६ सय जनाको मृत्यु भएको छ ।
महामारी सुरु भएयता ८७ करोड ७७ लाखभन्दा बढीको परीक्षण गरिएको छ । सन् २०२१ को जनवरी १६ देखि देशभर कोभिड–१९ विरुद्ध खोप अभियान जारी छ । अभियानअन्तर्गत हालसम्म २ अर्ब ५ करोड भन्दा बढी मात्रा खोप लगाइएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


