उत्तरी अस्ट्रेलियामा गोली चल्दा ३ जनाको मृत्यु

एजेन्सी, १९ साउन । उत्तरी अस्ट्रेलियामा गोली चल्दा तीन जनाको मृत्यु हुनुका साथै अर्का एक जना गम्भीर घाइते भएका छन् ।
स्थानीय समयअनुसार बिहीबार बिहान क्वीन्सल्याण्डको बोगीमा रहेको एउटा गाईबस्तु फार्ममा गोली चलेको अधिकारीहरूले बताएका छन् ।
क्वीन्सल्याण्ड पुलिसले ‘हत्यारा’ को खोजी गर्दै घटनास्थल वरपर घेरा हालेको छ । घटनाका दोषीको प्रहरीले अनुसन्धान सुरु गरिरहेको छ ।
ब्रिस्बेनबाट लगभग १२ सय किलोमिटर उत्तरमा रहेको बोगी २०० मानिस बसोबास गर्छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


