क्यानले राष्ट्रिय क्रिकेट टिमको प्रमुख प्रशिक्षक २/३ दिन भित्र नियुक्त गर्ने

काठमाडौं, १९ साउन । नेपाल क्रिकेट संघ (क्यान)ले राष्ट्रिय क्रिकेट टिमको प्रमुख प्रशिक्षक २/३ दिन भित्र नियुक्त गर्ने बताएको छ ।
क्यानका कार्यवाहक सचिव प्रशान्त विक्रम मल्लले नेपाली राष्ट्रिय क्रिकेट टोलीको केन्या भ्रमणअघि नै नेपाललाई प्रशिक्षक चाहिएकाले छिट्टै नियुक्त गरिने बताएका हुन् ।
उनले भने, ‘हामीलाई जति सक्दो छिटो प्रशिक्षक चाहिएकोले २/३ दिन भित्र नै प्रशिक्षकको टुङ्गो लगाउने क्यानको तयारी रहेको छ ।’
उनका अनुसार यसअघि पुबुदु दाशानाइके नियुक्त हुँदा बैकल्पिकमा रहेका भनिएका मध्येबाट मात्रै नभई नयाँ व्यक्ति नै प्रशिक्षक बनेर आउने सक्ने उनले बताएका हुन् ।
उनले नेपालले केन्याले प्रस्ताव गरेको सिरिजप्रति पनि सकरात्मक प्रतिक्रिया दिएका छन् ।
पुबुदु राजीनामा दिएर क्यानडा फर्के लगत्तै नेपाली क्रिकेट टिम प्रशिक्षक विहीन छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


