यू–२० साफ च्याम्पियनसिपमा सहभागी युवा टोली स्वदेश फर्के

काठमाडौं, १९ साउन । यू–२० साफ च्याम्पियनसिप २०२२ प्रतियोगितामा सहभागी युवा टोली बिहीबार स्वदेश फर्केको छ ।
अखिल नेपाल फुटबल संघ (एन्फा) का अनुसार टिम आज अपराह्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो ।
भारतको भुवनेश्वरमा भएको प्रतियोगितामा नेपाल दुई खेलमा जित, एक खेल बराबर र एक खेलमा हार बेहोर्दै प्रतियोगिताको फाइनल पुग्न असफल भएको थियो ।
प्रतियोगिताको उपाधि लागि बंगलादेश र साविक विजेता भारत भिड्नेछन् । भारतले फाइनलको यात्रा पक्का गरेसँगै नेपालको यात्रा समूह चरणमै सीमित बनेको छ ।
प्रतियोगितामा नेपालले माल्दिभ्सलाई ४–० र श्रीलंकालाई ३–० ले पराजित गरेको थियो । यस्तै, भारतसंग ८–० ले हार्दा बंगलादेशसँग १–१ को बराबरी खेलेको थियो ।
प्रतियोगितामा शीर्ष स्थानको बंगलादेशको १० अंक, दोस्रो स्थानको भारतको ९ अंक र तेस्रो स्थानको नेपालको ७ अंक रह्यो । यस्तै, माल्दिभ्स र श्रीलंकाको समान एक अंक रह्यो ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


