काठमाडौं, १९ साउन । नेपालमा पछिल्लो २४ घण्टामा ७६० जना कोरोनाका नयाँ संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार ५८९ जनाको पीसीआर परीक्षण गर्दा ४९४ र ३ हजार ३३७ जनाको एन्टिजेन परीक्षण गर्दा २६६ जनामा संक्रमण देखिएको हो ।

पछिल्लो २४ घण्टामा संक्रमणबाट १ जनाको मृत्यु भएको छ भने ३२४ जना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख ३२ हजार ६१३ पुगेको छ ।

हाल देशभर ५ हजार ६०२ जना सक्रिय संक्रमित रहेका छन् । जसमध्ये ५ हजार ४४० जना होम आइसोलेसनमा रहेका छन् भने १६२ जना संस्थागत आइसोलेसन र ४४ जना आईसीयूमा छन् ।