भारतमा मंकीपक्सबाट २२ वर्षीय एक युवकको मृत्यु

एजेन्सी, १७ साउन । भारतले दक्षिणी राज्य केरलामा मंकीपक्सबाट पहिलोपटक मानिसको मृत्यु भएको पुष्टि गरेको छ ।
हालै संयुक्त अरब इमिरेट्सबाट उक्त राज्यमा आएका २२ वर्षीय युवकको मंकीपक्सबाट मृत्यु भएको हो ।
केरलाका स्वास्थ्य मन्त्री वीणा जर्जले ती व्यक्तिले सुरुमा विदेशमा परीक्षणका क्रममा मंकीपक्स पोजिटिभ देखिएको बताइन । उनको मृत्युपछि परीक्षण गरिएका नमूनाहरूमा पनि भाइरस भेटिएको मन्त्री जर्जले जानकारी दिइन् ।
मंकीपक्सका कारण अफ्रिकाबाहेक यो चौथो मृत्यु हो । यसअघि स्पेनमा २ र ब्राजिलमा १ जना मंकीपक्सका कारण मृत्यु भएको थियो ।
संक्रमित व्यक्ति एक सैन्य अधिकारी थिए जसले देशको उत्तर–पूर्वी एक अस्पतालमा रिपोर्ट गरेका थिए । अस्पतालमा रिपोर्ट गरेको तीन दिनपछि उनको मृत्यु भएको थियो । उनलाई हल्का ज्वरो र रातो बिमिरा आएका थिए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


