काठमाडौं, १७ साउन । नेपालमा पछिल्लो २४ घण्टामा ८१४ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार ७६२ जनाको पीसीआर परीक्षण गर्दा ५०९ र २ हजार ६५३ जनाको एन्टीजेन परीक्षण गर्दा ३०५ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट कसैको पनि मृत्यु भएको छैन भने २९९ जना संक्रमणमुक्त भएका छन् ।

योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख ३० हजार ९३८ पुगेको छ ।

हाल देशभर सक्रिय संक्रमितको संख्या ५ हजार १४४ रहेको छ । जसमध्ये ४ हजार ९८५ जना होम आइसोलेसनमा रहेका छन् भने १५९ जना संस्थागत आइसोलेसन र ३८ जना आईसीयूमा छन् ।

यस्तै ५ जनाको भेन्टिलेरमा राखेर उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।