रबाडाले आयरल्याण्डविरुद्धको टी–२० सिरिज गुमाउने

एजेन्सी, १७ साउन । दक्षिण अफ्रिकाका तीव्र गतिका बलर कागिसो रबाडाले आयरल्याण्डविरुद्धको टी–२० सिरिज गुमाउने भएका छन् ।
गोलीगाँठाको चोटका कारण उनले आयरल्याण्डविरुद्ध हुने दुई खेलको टी–२० सिरिज गुमाउने भएका हुन् ।
चिकित्सकले रबाडालाई कम्तीमा पनि २ साता आराम गर्ने सल्लाह दिएका छन् । सिरिजको पहिलो खेल बुधबार तथा दोस्रो खेल शुक्रबार हुनेछ ।
रबाडाले इंग्ल्याण्डसँगको टेस्ट सिरिज समेत गुमाउने सम्भावना बढेको छ । दक्षिण अफ्रिकाले घरेलु टोली इंग्ल्याण्डसँग तीन खेलको टेस्ट सिरिज खेल्नेछ । टेस्ट सिरिज १७ अगस्टबाट लर्ड्समा सुरु हुनेछ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


