सोमबार ८९५ नयाँ संक्रमित थपिए, २६४ जना संक्रमणमुक्त

काठमाडौं, १६ साउन । नेपालमा पछिल्लो २४ घण्टामा ८९५ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ६५८ जनाको पीसीआर परीक्षण गर्दा ६३२ र २ हजार २२४ जनाको एन्टिजेन परीक्षण गर्दा २६३ जनामा संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा २६४ जना संक्रमणमुक्त भएका छन् भने संक्रमणका कारण १ जनाको मृत्यु भएको छ ।
हाल देशभर सक्रिय संक्रमितको संख्या ४ हजार ९३४ रहेको छ । संक्रमितमध्ये काठमाडौंमा ३७३, ललितपुरमा ६६, कैलालीमा २२ जना छन् ।
मन्त्रालयका अनुसार ४ हजार ७९२ जना होम आइसोलेसनमा रहेका छन् भने १४२ जना संस्थागत आइसोलेसन र ३६ जना आईसीयूमा छन् ।
यस्तै ५ जनाको भेन्टिलेरमा राखेर उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।
योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख ३० हजार १२४ पुगेको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


