बर्दिबास नगरपालिकालाई आईसुयी भेन्टिलेटर प्रदान

महोत्तरी, १६ साउन । महोत्तरीको बर्दिबास नगरपालिकालाई आईसुयी भेन्टिलेटर प्रदान गरिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतको स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखाले बर्दिबास नगरपालिकालाई करिब २६ लाख बराबरको आईसुयी भेन्टिलेटर हस्तान्तरण गरेको हो ।
महोत्तरी क्षेत्र नम्बर–१ का प्रतिनिधिसभा सदस्य गिरिराजमणि पोखरेलको विशेष पहलमा भेन्टिलेटर प्रदान गरिएको हो । सांसद पोखरेलले विगत लामो समयदेखि स्वास्थ्य सोवा विभागलाई भेन्टिलेटरबारे ध्यानाकर्षण गराउँदै आएका थिए ।
बर्दिबासमा भेन्टिलेटरको अभावमा सर्पदंशका बिरामीहरूको मृत्यु समेत हुँदै आएको र गम्भीर घाइतेको उपचारमा समस्या भएपछि यसको लागि पहल थालिएको थियो ।
बर्दिबासका पूर्वमेयर विदुर कुमार कार्कीले गत वर्ष नै स्वास्थ्य सेवा विभागलाई पत्राचार गरेका थिए ।
विभागले गत आर्थिक वर्षमा खरिद गरेको भेन्टिलेटर नगरप्रमुख प्रह्लाद कुमार क्षेत्रीको टिम काठमाडौँ पुगेर बुझेको हो ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


