जनकपुरधाम, १६ साउन । मधेस प्रदेश सरकारले प्रदेशका विभिन्न तीन स्थानमा पर्यटन विकास कार्यालय स्थापना गर्ने निर्णय गरेको छ ।

सोमबार बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले सिरहाको लहान, धनुषाको जनकपुरधाम र पर्साको वीरगञ्जमा १÷१ वटा गरी तीनवटा पर्यटन विकास कार्यालय स्थापना गर्ने निर्णय गरेको हो ।

चालु आर्थिक वर्षको बजेटमा तीन ठाउँमा पर्यटन विकास कार्यालय स्थापना गर्ने सरकारले जनाएको थियो ।

त्यस्तै वीरगञ्जमा उद्योग विभाग स्थापना गर्ने निर्णयसमेत गरिएको सरकारका प्रवक्तासमेत रहेका अर्थमन्त्री शैलेन्द्र प्रसाद साहले जानकारी दिए ।

साथै हाल जनकपुरधाममा सञ्चालनमा रहेको उद्योग, वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालय खारेज गर्ने निर्णय समेत गरेको उनले बताए ।