इरानमा बाढी : ५९ जनाको मृत्य, ३० जना वेपत्ता

एजेन्सी, १५ साउन । अघिल्लो सातादेखि परेको अविरल वर्षासँगै आएको बाढीमा परी इरानमा ५९ जनाको ज्यान गएको छ भने अन्य ३० जना हराइरहेका छन् ।
रेड क्रिसेन्ट सोसाइटीका अनुसार ६० वटा शहर, ५१६ गाउँ, ८५ वटा सम्पर्क सडक बाढीबाट प्रभावित भएका छन् ।
हालसम्म १ हजार ३३२ जनालाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको, ५ हजार २१५ जनालाई खाना र बासको प्रबन्ध गरिएको र ९४४ जनालाई उद्धार गरिएको छ ।
राष्ट्रपति इब्राहिम राइसीले मन्त्री, देशभरका संघसंगठनका प्रमुख तथा मुलुकका अन्य प्रशासकहरूलाई सम्भावित बाढीबाट जनधनको रक्षाका निम्ति उपलब्ध स्रोत–साधन परिचालन गर्न निर्देशन दिएका छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


