रुसी जहाजमा भएको ड्रोन आक्रमणमा ५ जना घाइते

एजेन्सी, १५ साउन । क्रिमियाको बन्दरगाहमा रुसी जहाजमा भएको ड्रोन आक्रमणमा ५ जना घाइते भएका छन् ।
रुसले कब्जा गरेको सेबास्टोपोल सहरका मेयर मिखाइल रजभोजायेभले उक्त जानकारी दिएका हुन् ।
‘आइतबार बिहान युक्रेनी राष्ट्रवादीहरूले रुसी जहाजमा हमला गरे’, उनले टेलिग्राममा भने । उक्त हमलामा ५ जना घाइते भएका प्राप्त विवरणहरूमा जनाइएको छ ।
युक्रेनी फौजले रुसी सेनाले २४ फेब्रुअरीपछि कब्जा गरेको क्षेत्रलाई पुनः कब्जा गर्ने प्रयास गरेको छ ।
बुधबार युक्रेनी आक्रमणमा रुसी सेनाले कब्जा गरेको खेरसन सहरको एउटा प्रमुख पुल आंशिक रूपमा ध्वस्त भएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


