काठमाडौं, १५ साउन । नेपालमा पछिल्लो २४ घण्टामा ६२० जना कोरोनाका नयाँ संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार ६५१ जनाको पीसीआर परीक्षण गर्दा ४९६ र ३ हजार १९५ जनाको एन्टिजेन परीक्षण गर्दा १२४ जनामा संक्रमण देखिएको हो ।

पछिल्लो २४ घण्टामा २९७ जना संक्रमणमुक्त भएका छन् भने संक्रमणका कारण १ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख २९ हजार २२९ पुगेको छ ।

देशभर हाल सक्रिय संक्रमितको संख्या ४ हजार ५६७ रहेको छ । जसमध्ये ४ हजार ४२४ जना होम आइसोलेसनमा रहेका छन् भने १४३ जना संस्थागत आइसोलेसन र ३३ जना आईसीयूमा छन् ।

यस्तै ५ जनाको भेन्टिलेरमा राखेर उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।