लव रञ्जनको शीर्षकविहीन फिल्मको सेटमा आगलागी, एक जनाको मृत्यु

एजेन्सी, १४ साउन । लव रञ्जनको शीर्षकविहीन फिल्मको मुम्बईस्थित सेटमा आगलागी भएको थियो । यसमा एक जनाको मृत्यु भएको छ ।
श्रद्धा कपुर र रणवीर कपुर स्टारर फिल्मको गीतको छायाङ्कन अंधेरी वेस्टको चित्रकूट स्टुडियोमा हुने थियो । लव रञ्जनको सेटसँगै राजश्री प्रोडक्सनको सेटमा पनि आगलागी भएको छ ।
आगलागीमा परी मनिष देवासी घाइते भएको अधिकारीहरूले पीटीआईलाई बताए । मनिषलाई तत्काल सिभिक रन कुपर अस्पताल लगिएको थियो, जहाँ उनलाई मृत घोषित गरिएको थियो। मनिष ३३ वर्षका थिए । भारतीय सिने कर्मचारी महासंघका महासचिव अशोक दुबेले लभ रञ्जनको सेटमा बत्तीको काम गरिहेका एक व्यक्ति गम्भीर घाइते भएको बताए ।
केही काठका सामानहरू राखिएका थिए, जहाँबाट आगो सुरु भएको थियो। यद्यपि आगलागीको कारण भने खुल्न सकेको छैन । अशोक दुबेले भने, “फिल्मको सेटमा आगलागीका घटना धेरै भएका छन् । महानगरपालिकाले कुन आधारमा सेट निर्माण गर्न अनुमति दियो भन्ने कुरा बुझ्दैछौँ । सेट बनाउँदा फायर सेफ्टी नियम पालना गर्नुपर्छ।“ उनीहरूले शनिबारबाट सुटिङ सुरु गर्ने तयारी गरेका थिए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


