साफ यू–१७ च्याम्पियनसिपमा नेपाल समूह ‘बी’ मा

काठमाडौं, १४ साउन । श्रीलंकामा हुने पुरूष साफ यू–१७ च्याम्पियनसिपमा नेपाल समूह ‘बी’ मा परेको छ ।
दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले शनिबार सार्वजनिक गरेको समूह विभाजनअनुसार नेपालले समूह ‘बी’ मा भारत र भुटानलाई प्रतिस्पर्धीको रुपमा पाएको हो ।
समूह ‘ए’ आयोजक श्रीलंका, माल्दिभ्स र बंगलादेश छन् । प्रतियोगिता भदौं २० देखि २९ सम्म हुनेछ । प्रतियोगिताका लागि नेपालले हाल खेलाडी छनोट गरिरहेको छ ।
नेपाली यु–१७ टोलीको मुख्य प्रशिक्षकमा उर्जन श्रेष्ठ छन् । अखिल नेपाल फुटबल संघ (एन्फा) ले मंगलबार टोलीको मुख्य प्रशिक्षकमा श्रेष्ठलाई नियुक्त गरेको हो ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


