शनिबार ४३८ नयाँ संक्रमित थपिए, २ जनाको मृत्यु

काठमाडौं, १४ साउन । नेपालमा पछिल्लो २४ घण्टामा ४३८ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ हजार ७७९ जनाको पीसीआर परीक्षण गर्दा २९२ र १ हजार ९२० जनाको एन्टिजेन परीक्षण गर्दा १४६ जनामा संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण २ जनाको मृत्यु भएको छ भने २७७ जना संक्रमणमुक्त भएका छन् ।
कोरोना संक्रमणका कारण हालसम्म नेपालमा ११ हजार ९६६ जनाको मृत्यु भइसकेको छ । हाल देशभर सक्रिय संक्रमितको संख्या ४ हजार ३६९ रहेको छ ।
सक्रिय संक्रमितमध्ये ४ हजार २१८ जना होम आइसोलेसनमा र १५१ जना संस्थागत आइसोलेनमा छन् । संस्थागत आइसोलेसनमा रहेकामध्ये ३३ जना आईसीयूमा र ४ जना भेन्टिलेटरमा रहेका छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


