बिहीबार ७१० नयाँ संक्रमित थपिए, २ जनाको मृत्यु

काठमाडौं, १२ साउन । नेपालमा पछिल्लो २४ घण्टामा ७१० जना कोरोनाका नयाँ संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार ५४१ जनाको पीसीआर परीक्षण गर्दा ५२४ र २ हजार ४८४ जनाको एन्टिजेन परीक्षण गर्दा १८६ जनामा संक्रमण देखिएको हो ।
योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख २७ हजार ५४९ पुगेको छ भने सक्रिय संक्रमितको संख्या ४ हजार २३६ पुगेको छ । जसमध्ये ४ हजार ८० जना होम आइसोलेसनमा रहेका छन् भने १५६ जना संस्थागत आइसोलेसन र ३३ जना आईसीयूमा छन् । ३ जनाको भने भेन्टिलेरमा राखेर उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट दुईजनाको मृत्यु भएको छ । यससँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ९६२ पुगेको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


