काठमाडौं, १२ साउन । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुले हेल्पडेस्क सञ्चालनमा ल्याएको छ ।

विद्यार्थी तथा अन्य सरोकारवालाको लागि कार्यलयको सोधपुछ शाखामा सहायता कक्षा (हेल्प डेस्क) सञ्चालनमा ल्याएको कार्यालयले जनाएको छ ।

कार्यालयले प्रवाह गर्ने सेवाका विषयमा कार्यालय समयभित्र हटलाइन नम्बर ०१४२७७५८५ मा सम्पर्क गरी बुझ्न सकिने कार्यालयले सूचना जारी गर्दै जनाएको छ ।