रुसले दक्षिणी क्षेत्रहरूमा सेनाको संख्या बढायो

एजेन्सी, १२ साउन । रुसले युक्रेनबाट कब्जा गरेको खेर्सोन र जापोरिजिया लगायतका दक्षिणी क्षेत्रहरूमा व्यापकरूपमा सेनाको संख्या बढाएको छ ।
युक्रेन सरकारले रुसले आफ्नो सैन्य रणनीति परिवर्तन गरेर दक्षिणमा आफ्नो सेनाको संख्या बढाएको बताएको छ ।
यसैबीच रुसले युक्रेनबाट कब्जा गरेर बनाएको राष्ट्र जनवादी गणतन्त्र डोनेस्कका नेता डेनिस पुसिलिनले आफूहरूले रुसले कियभ, खार्किभ ओडिसा, चेरनिभ लगायतका युक्रेनी सहरहरू कब्जा गरेको हेर्न चाहेको बताएका छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


