कम्बोडिया, उज्वेकिस्तान र आइभोरी कोस्टलाई आइसिसीको सदस्यता

एजेन्सी, ११ साउन । विश्व क्रिकेटको सर्वोच्च निकाय अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले तीन नयाँ देशलाई सदस्यता दिएको छ ।
इंग्ल्याण्डमा भएको आइसिसीको वार्षिक साधारणसभाका क्रममा एसियाका कम्बोडिया र उज्वेकिस्तान तथा अफ्रिकाको आइभोरी कोस्टलाई सदस्यता प्रदान गरिएको हो ।
योसँगै आइसिसीको सदस्यता प्राप्त गर्ने देशको संख्या १०८ पुगेको छ । त्यसमध्ये ९६ एसोसिएट सदस्य हुन् । एसियाबाट २५ तथा अफ्रिकाबाट २१ देशले सदस्यता प्राप्त गरेका छन् ।
घरेलु संरचना तथा प्रतियोगिताको आधारमा आइसिसीको सदस्यता प्रदान गर्ने गर्छ । त्यसमा ५० ओभर र २० ओभरको खेल आयोजना गर्ने पूर्वाधारका साथै युवा तथा महिला क्रिकेटको संरचना विकासको अवधारणा हुनुपर्ने हुन्छ ।
यस्तै, क्रिकेट गतिविधि सुरक्षित तरिकाले नफर्केसम्म युक्रेनले सदस्यताका लागि दिएको आवेदन भने स्थगित गरिएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


