भारतमा चट्याङ लागेर २१ जनाको मृत्यु

एजेन्सी, ११ साउन । भारतमा पछिल्लो २४ घण्टामा चट्याङ लागेर २१ जनाको मृत्यु भएको छ ।
भारतीय सञ्चार माध्यमका अनुसार मृत्यु हुनेमा बिहारका ११ र उत्तर प्रदेशका १० जना रहेका छन् ।
भारतमा यति बेला भारी वर्षा भइरहेको छ । आन्ध्र प्रदेशको गोदावरीमा नदीमा आएको बढीमा परेर ७ जनाको मृत्यु भएको छ । त्यस्तै, राजस्थानको जोधपुरमा पनि डुबेर पाँच जनाले ज्यान गुमाएका छन् ।
यो सिजन मनसुनको सुरुवात भए यता गुजरातमा १ सय र महाराष्ट्रमा ११० भन्दा बढीको मृत्यु भइसकेको छ । त्यस्तै, असममा पनि बाढी र पहिरोका कारण १९७ जनाले ज्यान गुमाइसकेका छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


