अफगानिस्तानमा हैजाको प्रकोपका कारण ७ बालबालिकाको मृत्यु

एजेन्सी, ११ साउन । अफगानिस्तानको दक्षिणी कान्दहार प्रान्तमा एक हप्तामा हैजाको प्रकोपका कारण ७ बालबालिकाले ज्यान गुमाएका छन् ।
अन्य ६६७ जनामा हैजाको सङ्क्रमण भेटिएको छ । सङ्क्रमणका कारण भएको मानवीय क्षतिबारे कान्दहारका चिकित्सक मोहम्मद दाउद आयुबीले एक हप्तामा कम्तीमा सात जनाको हैजाका कारण मृत्यु भएको बताए ।
कूल ९ हजार ५०० बिरामीलाई स्वास्थ्य सेवा केन्द्रमा लगिएको छ । तीमध्ये ६६७ जनामा हैजा सङ्क्रमण देखिएको छ ।
हैजाको प्रकोपले यसअघि पनि छिमेकी हेलमन्ड प्रान्तमा २० जना बालबालिकाको ज्यान गएको थियो भने कान्दहार, हेलमन्ड र छिमेकी जाबुलमा सयौं सङ्क्रमित भएको र उत्तरी जावजन र कुन्दुजमा हजारौं व्यक्ति सङ्क्रमित भएको जनाइएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


