फिलिपिन्समा भूकम्प : ४ जनाको मृत्यु, ६० भन्दा बढी घाइते

एजेन्सी, ११ साउन । फिलिपिन्समा गएको भूकम्पमा ४ जनाको मृत्यु हुनुका साथै ६० भन्दा बढी घाइते भएका छन् ।
देशको लुजोन टापुमा बुधबार ७ दशमलब १ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको थियो ।
भकम्पले उत्तरी प्रान्तमा रहेको अस्पताल र भवनहरूलाई नराम्ररी क्षति पु¥याएको छ ।
भूकम्पको धक्का राजधानी मनिलासम्म महसुस गरिएको थियो । भूकम्पले हल्लाउने वित्तिकै मानिसहरू घरबाट बाहिर निस्किएर खाली स्थानमा पुगेका थिए
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


