काठमाडौं, ११ साउन । नेपाली कांग्रेसका नेता प्रदीप गिरीको स्वास्थ्य अवस्था गम्भीर बनेको छ ।

कडा खालको निमोनिया देखिएर ललितपुरको मेडिसिटी अस्पतालमा उपचाररत नेता गिरीको अवस्था गम्भीर बन्दै गएको पारिवारिक स्रोतले जनाएको छ ।

घाँटीको क्यान्सरका कारण भारतमा उपचार गरेर फर्केलगत्तै उनको स्वास्थ्यमा समस्या देखिएको थियो ।

गतवर्ष साउनमा घाँटीमा समस्या देखिएपछि उनलाई भारतको मुम्बई लगिएको थियो ।

त्यहाँका अस्पतालमा परीक्षण र उपचार गराउँदा स्वास्थ्यमा सन्तोषजनक सुधार नआएपछि उनलाई केही समयअघि नेपाल ल्याइएको थियो ।

नेपाल आएलगत्तै उनमा निमोनिया देखिएपछि अस्पताल भर्ना गरेर उपचार भइरहेको पारिवारिक स्रोतको भनाइ छ ।