काठमाडौं, १० साउन । नेपाली यू–१७ राष्ट्रिय पुरुष फुटबल टिमको मुख्य प्रशिक्षकमा उर्जन श्रेष्ठ नियुक्त भएका छन् ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले मंगलबार श्रेष्ठलाई मुख्य प्रशिक्षक नियुक्त गरिएको जनाएको हो ।

एन्फाले साफ यू–१७ च्याम्पियनसिप र एएफसी यू–१७ एसियन कप छनोटका लागि श्रेष्ठलाई टोली हेर्ने जिम्मेवारी सुम्पिएको हो ।

सन् २०१६ मा एएफसी ‘ए’ लाइसेन्स प्राप्त गरेका प्रशिक्षक श्रेष्ठले गत सिजनकोञएझ डिभिजन लिगमा थ्री स्टारको टोली सम्हालेका थिए ।

नेपालले साफ यू–१७ र एएफसी यू–१७ एसियन कप छनोटका लागि मंगलबारबाट खेलाडी छनोट सुरु गरेको छ ।

साफ यू–१७ आगामी ५ सेप्टेम्बरदेखि श्रीलंका तथा यू–१७ एसियन कप छनोट अक्टोबर १ देखि ९ सम्म भियतनाममा हुनेछ ।