मंगलबार ६३८ नयाँ संक्रमित थपिए, २१८ जना संक्रमणमुक्त

काठमाडौं, १० साउन । नेपालमा पछिल्लो २४ घण्टामा ६३८ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार २१५ जनाको पीसीआर परीक्षण गर्दा ४०० र २ हजार ८४० जनाको एन्टिजेन परीक्षण गर्दा २३८ जनामा संक्रमण पुष्टि भएको हो ।
योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख २६ हजार ३२० पुगेको छ । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २ जनाको मृत्यु भएको छ भने २१८ जना संक्रमणमुक्त भएका छन् ।
हाल देशभर सक्रिय संक्रमितको संख्या ३ हजार ७१४ रहेको छ । जसमध्ये ३ हजार ५८१ जना होम आइसोलेसनमा रहेका छन् भने १३३ जना संस्थागत आइसोलेसन र ३० जना आईसीयूमा छन् ।
यस्तै एक जनाको भेन्टिलेरमा राखेर उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


