भारतीय कांग्रेसका नेता राहुल गान्धी प्रहरी हिरासतमा

एजेन्सी, १० साउन । भारतीय कांग्रेसका नेता राहुल गान्धीलाई मंगलबार हिरासतमा राखिएको छ ।
सम्पत्ति शुद्धीकरण मुद्दामा कांग्रेस अध्यक्ष तथा आमा सोनिया गान्धीलाई प्रवर्तन निर्देशनालयले सोधपुछ गरेपछि त्यसको विरोध गर्ने क्रममा प्रहरीले राहुललाई गिरफ्तार गरेको थियो ।
सम्पत्ति शुद्धीकरण मुद्दामा गान्धीलाई मंगलबार दोस्रो पटक प्रवर्तन निर्देशनालय ‘ईडी’मा बोलाइएको थियो ।
नेसनल हेराल्ड अखबारसँग सम्बन्धित सम्पत्ति शुद्धीकरण मुद्दाको सम्बन्धमा सोनिया ईडी जाँदैछन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


