एजेन्सी, १० साउन । मूल्यवृद्धिलाई लिएर सदनभित्र प्लेकार्डसहित विरोध प्रदर्शन गरेको भन्दै भारतीय कांग्रेसका चार सांसदलाई लोकसभाबाट निलम्बन गरिएको छ ।

१२ अगस्टमा सकिने बर्खे अधिवेशनसम्मका लागि उनीहरुलाई निलम्बन गरिएको हो ।

यसअघि सभामुख ओम बिरलाले उनीहरूलाई राम्रो व्यवहार गर्न र विरोध गर्न चाहेमा संसदबाहिर प्लेकार्ड बोक्न चेतावनी दिएका थिए ।निलम्बित कांग्रेस सांसदहरूमा मणिकम टैगोर, जोथिमणी, रम्या हरिदास र टीएन प्रथापन छन् ।

सभामुखको कारबाहीपछि चारै जना सांसद संसद् परिसरमा रहेको महात्मा गान्धीको सालिक नजिक गएर नाराबाजी गरेका थिए ।सांसदमाथि गरिएको निलम्बनको कंग्रेसले विरोध गरेको छ ।

केही सांसदलाई निलम्बन गरेर सरकारले आफ्ना सांसदलाई धम्की दिन खोजेको कांग्रेसले जनाएको छ ।