काठमाडौं, ९ साउन । नेपालमा पछिल्लो २४ घण्टामा ५६८ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ८४ जनाको पीसीआर परीक्षण गर्दा ४५३ र १ हजार ७१६ जनाको एन्टिजेन परीक्षण गर्दा ११५ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण १ जनाको मृत्यु भएको छ भने ९५ जना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख २५ हजार ६८२ पुगेको छ ।

हाल देशभर सक्रिय संक्रमितको संख्या ३ हजार ५३४ पुगेको छ । जसमध्ये ३ हजार जना होम आइसोलेसनमा रहेका छन् भने १२७ जना संस्थागत आइसोलेसन र २७ जना आईसीयूमा छन् ।

दुईजनाको भेन्टिलेरमा राखेर उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।