कट्रिना कैफ र विक्की कौशललाई ज्यान मार्ने धम्की दिने व्यक्ति पक्राउ

एजेन्सी, ९ साउन । कट्रिना कैफ र विक्की कौशललाई ज्यान मार्ने धम्की दिने व्यक्तिलाई मुम्बई प्रहरीले पक्राउ गरेको छ ।
समाचार एजेन्सी एएनआईका अनुसार मुम्बई पुलिसले यसको जानकारी दिएको छ । विक्की कौशलको उजुरीपछि मुम्बईको सान्ताक्रूज पुलिस स्टेशनमा यो मुद्दा दर्ता गरिएको थियो ।
प्रहरीलाई दिएको उजुरीमा विक्की कौशलले सामाजिक सञ्जालमा एक व्यक्तिले आफू र उनकी श्रीमतीलाई ज्यान मार्ने धम्की दिइरहेको बताएका थिए ।
उनका अनुसार आरोपितले आफ्नी श्रीमतीलाई पछिल्ला केही दिनदेखि स्टक गर्दै आएका थिए । आईटी एक्ट अन्तर्गत मुद्दा दर्ता गरेपछि, मुम्बई पुलिसले यस विषयमा अनुसन्धान सुरु ग¥यो र केही घण्टा पछि आरोपीलाई पक्राउ ग¥यो ।
कट्रिना कैफ र विक्की कौशलले गत वर्ष डिसेम्बरमा विवाह गरेका थिए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


