एजेन्सी, ९ साउन । भारतमा सोमबारबाट सुरु भएको साफ यु–२० मा नेपालले विजयी शुरुवात गरेको छ ।

नेपालले सोमबार भएको उद्घाटन खेलमा माल्दिभ्समाथि ४–० को सहज जित हात पार्दै विजयी शुरुवात गरेको हो ।

भुवनेश्वरस्थित कालिंगा स्टेडियममा नेपालाई शानदार जित दिलाउन दीपेश गुरुङ, सुगम सुवाल ,कृतिश रत्न छुन्जु र मनग्य नकर्मीले समान एक÷एक गोल गरे ।

खेलको ४२औँ मिनेटमा दीपेश गुरुङको गोलमार्फत नेपालले अग्रता लिएको थियो । ५८औँ मिनेटमा सुगमले नेपालको अग्रता दोब्बर बनाए । ६१औँ मिनेटमा कृतिशले पेनाल्टीमार्फत टोलीका लागि तेस्रो गोल गरे ।

थपगरिएको समयमा मनग्यले गोल गरेपछि नेपाललले ४–० को सहज जित दर्ता गरेको हो । जितसँगै नेपालले तीन अंक जोड्दा मल्दिभ्सले हारबाट प्रतियोगिताको शुरुवात गरेको छ ।

नेपालले दोस्रो खेलमा बुधबार श्रीलंकाको सामना गर्नेछ ।