एजेन्सी, ९ साउन । स्पेनिस क्लब रियल मड्रिडका प्रशिक्षक कार्लो एन्सेलोट्टीले गत वर्ष भन्दा अहिले टोली धेरै राम्रो भएको बताएका छन् ।

गत सिजन ला लिगा र च्याम्पियन्स लिगको उपाधि जितेको रियालले यो सिजनका लागि थप खेलाडी अनुबन्ध नगर्ने एन्सेलोट्टीको दाबी छ ।

यो सिजन रियलले चेल्सीका डिफेन्डर एन्टोनियो रुडिगर र मोनाकोका मिडफिल्डर औरेलिनलाई अनुबन्धित गरिसकेको छ ।

लस भेगासमा शनिबार सम्पन्न प्रि–सिजन अन्तर्गत एल क्लासिकोमा राफिन्हाले निर्णायक गोल गर्दा रियल बार्सिलोनासँग १–० ले भएको थियो । टोलीका स्ट्राइकर करिम बेन्जेमा यो खेलमा उपलब्ध थिएनन । उनी क्लब अमेरिकासँगको खेलमा फर्किने एन्सेलोट्टोलीले बताएका छन् ।

बार्सिलोनालाई हराउन रियललाई अर्को स्ट्राइकरको आवश्यकता छ ? भन्ने प्रश्नको उत्तर दिँदै एन्सेलोट्टीले भने, ‘टोलीमा अब नयाँ खेलाडी आउने सम्भावना छैन । गत वर्षभन्दा टोली राम्रो भएको छ । क्लबमा आएका दुई खेलाडीबाट हामीले ठूलो आशा राखेका छौ ।’