एजेन्सी, ८ साउन । फिलिपिन्सको राजधानी मनिलाको एक विश्वविद्यालयमा आइतबार भएको गोलीकाण्डमा तीन जनाको मृत्यु भएको छ ।

एटेनियो डे मनिला विश्वविद्यालयमा अध्यनरत कानूनका विद्यार्थीहरू र उनीहरूका परिवारहरू स्नातक समारोहका लागि विश्वविद्यालयमा जम्मा भइरहेको बेला उक्त घटना भएको हो ।

सर्वोच्च अदालतका प्रधानन्यायाधीशद्वारा उक्त समारोहलाई सम्बोधन गर्ने कार्यक्रम रहेको थियो । प्रहरीले आरोपित बन्दुकधारीलाई नियन्त्रणमा लिएको बताएको छ ।

उक्त घटनामा मारिनेहरूमा दक्षिणी प्रान्त बासिलानको पूर्व मेयर रोज फुरिगे र उनकी छोरीलगायात रहेको बताइएको छ । फुरिगेका कार्यकारी सहायक र विश्वविद्यालयका सुरक्षा गार्ड पनि सो घटनामा मारिएको बताइएको छ।

’हामी यस घटनाबाट अत्यन्तै विचलित भएका छौँ र शोकमग्न छौं,’ स्थानीय सरकारी इकाईका मेयर जोय बेलमोन्टेले एएफपीलाई बताएका छन् ।

फिलिपिन्समा बन्दुक राख्न पाउँनेबारे खुकुलो नियम भए पनि विद्यालय र विश्वविद्यालयमा गोली चल्ने घटनाने कमै हुने गरेका छन् । तर चुनावका समयमा राजनीतिकर्मीमाथि भने यस्ता हत्याका घटना हुने गर्दछन् ।