त्रिपोली झडपमा परी ज्यान गुमाउनेको संख्या १६ पुग्यो

एजेन्सी, ८ साउन । बिहीबार राति त्रिपोलीका विभिन्न भागमा दुई प्रतिद्वन्द्वी सशस्त्र समूहबीच भएका भीषण झडपमा परी ज्यान गुमाउनेको संख्या १६ पुगेको छ ।
दोहोरो भिडन्तमा ५२ जना घाइते भएका स्वास्थ्य मन्त्रालयले जनाएको छ । घाइते सबैको सार्वजनिक र निजी अस्पतालमा उपचार भइरहेको छ ।
लिबियाका लागि संयुक्त राष्ट्र संघीय मिसन (युएनएसएमआइएल) ले उक्त द्वन्द्वप्रति चिन्ता व्यक्त गर्दै सबै लिबियालीलाई संवेदनशील परिस्थितिमा देशको स्थायित्व जोगाउने हरसम्भव काम गर्न आह्वान गरेको छ ।
सन् २०११ मा कर्नेल गद्दाफीको शासन पतन भएपछि लिबियामा हिंसा बढिरहेका छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


