मलेसियामा पनि कोरोना संक्रमण बढ्दै

एजेन्सी, ८ साउन । मलेसियामा पनि कोरोना संक्रमण बढ्दै गईरहेको छ ।
शनिबार मध्यरातसम्मको विवरणअनुसार देशका विभिन्न भागमा ४ हजार ८१६ जना कोभिडका नयाँ बिरामी थपिएका छन् भने ९ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार देशमा कोरोनाबाट पीडितको संख्या ४६ लाख ४८ हजार ९३१ पुगेको छ भने ३५ हजार ९११ जनाले ज्यान गुमाएका छन् ।
यसैबीच, न्यूजिल्याण्डमा ५ हजार ५३५ जनामा सङ्क्रमण पुष्टि भएको तथा हालसम्म १ हजार ९९० जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले एक विज्ञप्ति निकालेर जनाएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


