ओलम्पिक स्वर्ण विजेता नीरज चोपडाले बनाए अर्को कीर्तिमान

काठमाडौं, ८ साउन । ओलम्पिक स्वर्ण विजेता नीरज चोपडा विश्व एथलेटिक्स च्याम्पियनसिपमा भारतका लागि पदक जित्ने पहिलो पुरुष खेलाडी बनेका छन् ।
उनले अमेरिकामा जारी प्रतियोगिताअन्तर्गत ज्याभलिन थ्रोमा ८८.१३ मिटरका साथ रजत पदक हात पार्दै यो कीर्तिमान कायम गरेका हुन् ।
समग्रमा उनी यो प्रतियोगितामा पदक हात पार्ने दोस्रो भारतीय खेलाडी हुन् । यसअघि सन् २००३ मा अञ्जु बबी जर्जले महिला हाइ जम्पमा भारतका लागि कास्य पदक हात पारेकी थिइन् ।
यो विधामाग्रेनाडाका एन्डरसन पिटर्सले ९०.४६ मिटरका स्वर्ण तथा चेक रिब्पलिकका याकुब भाडलेचले ८८.०९ मिटरका साथ कास्य पदक जिते ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


