काठमाडौं, ८ साउन । नेपालमा पछिल्लो समय पुनः कोरोना संक्रमणदर तिब्र रुपमा बढ्दै गएको छ ।

विश्व स्वास्थ्य संगठनका अनुसार पाँच प्रतिशतभन्दा कम भए मात्र संक्रमणको अवस्थालाई सामान्य मान्ने गरे पनि पाँच प्रतिशत भन्दा माथिको संक्रमणदरलाई असामान्य मानिने गरेको छ । तर नेपालमा असार २७ गतेबाट कोरोना संक्रमणदर पाँच प्रतिशतभन्दा माथि पुगे विवरणमा देखिन्छ ।

हालको कोरोना संक्रमणदर १२ प्रतिशत पुगेको छ । यसरी संक्रमण बढ्दै गएर संक्रमितको संख्या बढ्दै जाँदा परिक्षणको दायरा बढाउनु पर्ने भए पनि हाल नेपालमा दैनिक कोरोना संक्रमणको शंकास्पद विरामीको परिक्षण एकदमै कम छ ।

जोखिम बढ्दै जाँदा सरकारसँग प्रयोगशाला परीक्षणको लागि आवश्यक पर्ने किट भने प्रयाप्त मात्रा मौज्दात रहेको पाइएको छ । प्रयाप्त मात्रामा परीक्षण किट हुँदा पनि परिक्षणको दायरा बढ्न सकेको छैन ।