जनकपुरधाम, ८ साउन । मधेस प्रदेशमा सवारी दुर्घटनामा एक वर्षमा ५८५ जनाले ज्यान गुमाएका छन् ।

आर्थिक वर्ष २०७८/७९ मा ५ हजार ७११ सवारी दुर्घटनामा ५८५ जनाले ज्यान गुमाएका हुन् ।

मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरधामका अनुसार मृत्यु भएकाहरूमध्ये ४४८ पुरुष, ८१ महिला, ४२ बालक र १४ जना बालिका रहेका छन् ।

एक वर्षमा भएका विभिन्न दुर्घटनामा परी ९ हजारभन्दा बढी व्यक्ति घाइते भएका छन् ।

गत आर्थिक वर्षमा ९ हजार ४६४ जना दुर्घटनामा परेर घाइते भएका थिए । गत आर्थिक वर्षमा ६ हजार ६३४ पुरुष, १ हजार ५२७ महिला, ८५७ बालक र ४४६ बालिका घाइते भएको मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरधामका प्रहरी प्रवक्ता तुलबहादुर कार्कीले जानकारी दिए ।