एजेन्सी, ३२ असार । इंग्लिस प्रिमियर लिग क्लब चेल्सीले सेनेगलका डिफेन्डर कालिडोउ कुलिबालीलाई अनुबन्ध गरेको छ ।

चेल्सीले शनिबार इटालियन क्लब नापोलीबाट डिफेन्डर कालिडोउलाई अनुबन्ध गरेको जनाकारी दिएको हो । उनी र क्लबबीच चार वर्षको सम्झौता भएको छ ।

योसँगै उनी प्रि–सिजन तयारीका लागि अमेरिका भ्रमणमा रहको टोलीसँग जोडिने भएका छन् । कालिडोउ २०१४ मा जेन्कबाट नापोली आएका थिए ।

उनले इटालियन क्लबका लागि ३१७ तथा देशका लागि ६२ खेल खेलेका छन् ।