शनिबार २०५ नयाँ संक्रमित थपिए, ५१ जना संक्रमणमुक्त

काठमाडौं, ३२ असार । नेपालमा पछिल्लो २४ घण्टामा २०५ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ हजार १९९ जनाको पीसीआर परीक्षण गर्दा १५२ र १ हजार ८९१ जनाको एन्टिजेन परीक्षण गर्दा ५३ जनामा संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा ५१ जना संक्रमणमुक्त भएका छन् ।
हाल देशभर सक्रिय संक्रमितको संख्या १ हजार ३८५ रहेको छ ।
संक्रमितमध्ये १ हजार ३४४ जना होम आइसोलेसनमा छन् भने ४१ जना सस्ंथागत आइसोलेसनमा रहेका छन् ।
संस्थागत आइसोलेसनमा रहेकामध्ये १७ जना आईसीयूमा र एक जना भेन्टिलेटरमा उपचाररत छन् ।
प्रदेश अनुसार सबैभन्दा धेरै कोरोना संक्रमित बागमती प्रदेशमा छन् । बागमतीमा १ हजार ५२, प्रदेश १ मा ७१, मधेशमा ६८, गण्डकीमा ६०, लुम्बिनीमा ४५, सुदूरपश्चिममा ३६ र कर्णालीमा १२ जजना संक्रमित होम आइसोलेसनमा छन् । बागमतीमा ३४ जना, प्रदेश १ मा ५, मधेश र लुम्बिनीमा १÷१ जना होम आइसोलेसनमा छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


