काठमाडौं, ३१ असार । नेपालमा पछिल्लो २४ घण्टामा २९९ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ हजार ६४४ जनाको पीसीआर परीक्षण गर्दा १६१ र २ हजार ७४ जनाको एन्टिजेन परीक्षण गर्दा ६८ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा ४८ जना संक्रमणमुक्त भएका छन् ।

योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख २१ हजार ९९६ पुगेको छ ।

हाल देशभर १ हजार २८४ जना सक्रिय संक्रमित रहेका छन् । जसमध्ये १ हजार २४९ जना होम आइसोलेसनमा र ३५ जना संस्थागत आइसोलेसनमा छन् । १४ जनाको आईसीयूमा उपचार भइरहेको छ ।

यस्तै एक जनाको भेन्टिलेरमा राखेर उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।