गर्मीका कारण वीरगञ्जका विद्यालय साउन २० गतेसम्म बन्द

पर्सा, ३१ असार । वीरगञ्ज महानगरपालिकाले साउन २० गते सम्मका लागि विद्यालय बन्द गरेको छ ।
अत्याधिक गर्मीका कारण बालबालिकाको पठनपाठनमा असर परेकोले विद्यालय बन्द गर्नु परेको वीरगञ्ज महानगरपालिकाले जनाएको छ । महानगरले यसअघि असार २८ गतेदेखि असार ३१ गते शुक्रबारसम्म पनि गर्मी विदा दिएको थियो ।
महानगरपालिकाको शैक्षिक प्रशासन महाशाखाका शिक्षा अधिकृत हरि राउतले शुक्रबार दिउँसो विज्ञप्ति जारी गरेर अत्याधिक गर्मीका कारण बालबालिकामा पर्न जाने प्रतिकूलतालाई मध्यनजर गर्दै साउन २० गते सम्मका लागि विद्यालय बन्द गरिएको जानकारी दिएका छन् ।
शैक्षिक क्यालेन्डरमा साउन ८ गतेबाट वर्षे विदा उल्लेख भए पनि गर्मी घट्नुको सट्टा झन् बढ्दै गएकाले साउन १ देखि २० गतेसम्म विदा दिने निर्णय गरिएको शैक्षिक प्रशासन महाशाखा प्रमुख अरविन्दलाल कर्णले जानकारी दिए ।
वीरगञ्जमा ९० वटा सामुदायिक, १८० वटा जति संस्थागत विद्यालयमा गरी ७८ हजार भन्दा बढी विधार्थी अध्ययनरत छन् ।
गर्मीकै कारण पोखरिया नागरपालिका, बिन्दवासिनी, धोविनी र पकाहामैनपुर गाउँपालिकाले साउन १ देखि १ महिनाका लागि विद्यालय बन्द गर्ने निर्णय गरिसकेका छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


