इटलीका प्रधानमन्त्री मारियो ड्रघीले दिए राजीनामा

एजेन्सी, ३१ असार । इटलीका प्रधानमन्त्री मारियो ड्रघीले राजीनामा दिएका छन् । गठबन्धनका सहयोगी पार्टीले समर्थन फिर्ता लिएपछि उनले प्रधानमन्त्रीको पदबाट राजीनामा दिएका हुन् ।
राजीनामासँगैको एउटा विज्ञप्तिमा ड्रघीले गठबन्धनमा विश्वास कायम राख्न नसकेको उल्लेख गरेका छन् । तर, राष्ट्रपतिले भने प्रधानमन्त्रीको राजीनामा स्वीकृत गर्न अस्वीकार गरेका छन् ।
युरोपेली सेन्ट्रल बैंकका पूर्व प्रमुखसमेत रहेका ड्रघी २०२१ को फेब्रुअरीमा प्रधानमन्त्रीमा नियुक्त भएका थिए । राष्ट्रपति सर्जियो मटेरेलाले ड्रघीलाई कोभिडले आक्रान्त बनेको इटलीलाई माथि उठाउन र शान्ति सुव्यवस्था कायम गर्न भन्दै प्रधानमन्त्रीमा नियुक्त गरेका थिए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


