अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पकी पहिलो श्रीमतीको निधन

एजेन्सी, ३१ असार । अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पकी पहिलो श्रीमती इभाना ट्रम्पको निधन भएको छ । उनको ७३ वर्षको उमेरमा निधन भएको हो ।
समाचार एजेन्सी एपीका अनुसार उनको मृत्यु कुनै आकस्मिक कारणले भएको हुन सक्ने प्रहरीको अनुमान छ ।
ट्रम्पले आफ्नो सोसल मिडिया प्लेटफर्म ट्रुथ सोसलमा इभानाको सम्झनामा लेखेका छन्, ‘उनी एक सुन्दर र अद्भुत महिला थिइन्, जसले उत्कृष्ट र प्रेरणादायी जीवन बिताइन् ।’
इभाना ट्रम्पको जन्म चेक रिपब्लिकमा भएको थियो । उनले सन् १९७७ मा डोनाल्ड ट्रम्पसँग विवाह गरेकी थिइन् । तर, १५ वर्षसँगै बसेपछि सन् १९९२ मा उनीहरूको सम्बन्धविच्छेद भयो । इभाना र डोनाल्डका तीन सन्तान छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


