काठमाडौं, ३० असार । अभिनेता रेमनदास श्रेष्ठले विवाह गरेका छन् । उनले जर्मनकी प्रेमिका जना मुद्रासँग केही अगाडि विवाह गरेका छन् ।

विवाहको पार्टी भने बिहीबार काठमाडौँ स्थित ज्ञानेश्वरमा रहेको एटिक रेस्टुरेन्टमा दिइने भएको छ ।

यो रेस्टुरेन्ट रेमनले अभिनेत्री नम्रता श्रेष्ठसँग मिलेर सञ्चालनमा ल्याएका थिए । रेमनले केही अगाडि विवाह गरे पनि पार्टी भने आज राखिएको उनका बुबा मदनदास श्रेष्ठले बताए ।

रेमन र जनाले विगत ५ वर्षभन्दा लामो प्रेम विवाहमा परिणत गरेको हुन् । रेमन कलाकार मदनदास श्रेष्ठका छोरा हुन् । उनले ‘जाइरा’, ‘द ब्रेकअप’, ‘आधा लभ’, ‘जालो’, ‘मेघा’, ‘कर्कस’, ‘भिसा गर्ल’ लगायत एक दर्जन फिल्म अभिनय गरेका छन् । पछिल्लो समय उनी टेलिभिजन रियालिटी शो ‘हिमालय रोडिज’मा आबद्ध छन् ।