एजेन्सी, ३० असार । इंग्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर सिटीका विंगर रहिम स्ट्रर्लिङ चेल्सीमा अनुबन्ध भएका छन् ।

इंग्ल्यान्डका अन्तर्राष्ट्रिय खेलाडी स्ट्रर्लिङ बुधबार चेल्सी अनुबन्ध भएका हुन् ।

बुधबार नै स्ट्रर्लिङले सात वर्षपछि इतिहाद स्टेडियम छोडेको जनाएका थिए । चेल्सीसँग उनले पाँच वर्षको सम्झौता गरेका हुन् । २७ वर्षीय विंगर स्ट्रर्लिङ सम्झौता एक वर्ष बाँकी रहँदै चेल्सी पुगेका हुन् ।

सन् २०१५ मा उनी लिभरपुलबाट सिटी आएका थिए । सिटीका लागि स्ट्रर्लिङले ३ सय ३९ खेलमा १ सय ३१ गोल गरेका छन् ।