तराई मधेसमा गर्मी बढेसँगै अस्पतालहरुमा विरामीको संख्यामा वृद्वि

महोत्तरी, ३० असार । तराई मधेसमा गर्मी बढेसँगै अस्पतालहरुमा विरामीको संख्यामा वृद्वि भएको छ ।
जिल्ला स्वास्थ्य कार्यालय महोत्तरीको तथ्यांकअनुसार पछिल्लो ७ दिनदेखी बिरामीको संख्यामा ह्वात्तै वृद्धि भएको हो ।
पछिल्लो ७ दिन यता जलेश्वर प्रादेशिक अस्पताल महोत्तरीमा ३० प्रतिशत बिरामी बढेको अस्पतालका डा. प्रदिपकुमार साहले जानकारी दिए ।
भाइरल ज्वरो, टाइफाइड, निमोनियाका बिरामी बढेको उनले बताए ।
पसिना अत्यधिक आउने र पर्याप्त पानी सेवन नगर्दा डिहाइड्रेसनका बिरामी बढेका डा. साहले बताए ।
महोत्तरीमा सरकारी अस्पताल मात्र नभई निजी अस्पतालसमेत भरिभराउ देखिएका छन् ।
अत्यधिक गर्मी कै कारण सर्पको डसाइमा समेत वृद्धि भएको छ ।
अत्यधिक गर्मीका कारण बच्चाहरूमा समेत समस्या बनेको छ । घमाउरा आउने र घाउसमेत हुनाले घरमै प्राथमिक उपचार गर्ने गरेको रामगोपालपुरका रामरन्जन बताउँछन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


