अधिकांश कांग्रेसी गठबन्धनको पक्षमा नरहेको कोइरालाको दावी

जनकपुरधाम, ३० असार । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले अधिकांश कांग्रेसी गठबन्धनको पक्षमा नरहेको दावी गरेका छन् ।
शुक्रबार जनकपुरधामस्थित पार्टी कार्यालयमा आयोजित भेटघाट कार्यक्रममा नेता कोइरालाले यस्तो बताएका हुन् ।
अधिकांश कांग्रेसी गठबन्नधनको पक्षमा नरहेको दावी गर्दै उनले मधेसका सबै जिल्लाका सभापतिहरु समेत गठबन्धनको पक्षमा नरहेको विषय आफ्नो जानकारीमा रहेको बताए । यद्यपि कोइरालाले न्युनतम सिट दिएर गठबन्धन गर्न सकिने स्पष्ट पारे ।
उनले भने, ‘गठबन्धन गर्ने पक्षमा तपाईंहरु हुनुहुन्न भन्ने कुरा मलाई थाहा छ, तर गठबन्धनका न्युनतम मापदण्ड पूरा गरेर कांग्रेसले अगाडीको निर्णय गर्नु पर्छ ।’
गठबन्धन कति सीटमा र कस्तो गर्ने भन्ने कुरामा व्यापक छलफल हुनुपर्ने कोइरालाको भनाइ थियो । गठबन्धनका न्युनतम मापदण्ड मानेर कांग्रेस अगाडि बढनुपर्ने उनको तर्क छ ।
स्थानिय तहको निर्वाचन र आगामी निर्वाचनको परस्थिती फरक रहेको बताउँदै उनले दुरगामी सोचका साथ नेतृत्वले निर्णय गर्नुपर्ने बताए ।
अर्थमन्त्री प्रकरणमा बोल्दै कोइरालाले अर्थमन्त्रीको राजिनामाले नै मुलुक राजनीतिमा गडबडी ल्याएको बताए । उनले यस्तो संवेदनशिल घटनामा अर्थमन्त्रीको राजिनामा मात्रै पर्याप्त हुन नसक्ने जिकिर गरे ।
कार्यकर्ता भेटघाट कार्यक्रममा पार्टीका संसदिय दलका नेता रामसरोज यादव, धनुषा सभापति योगेन्द्र पजियार, नेता रामकृष्ण यादव, दिनेश प्रसैला यादव, मेघनाथ यादव सहितको उपस्थिती रहेको थियो ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


