भारतले एक खेल अगावै श्रृङ्खला जित्यो

एजेन्सी, २६ असार । घरेलु टोली इङ्ल्याण्डलाई लगातार दोस्रो टी २० मा ४९ रनले पराजित गर्दै भ्रमणकारी टोली भारतले एक खेल अगावै श्रृङ्खला जितेको छ ।
भारतले दिएको १७१ रनको लक्ष्य पछ्याएको इङ्ल्याण्ड १७ ओभरमा १२१ रनमा समेटियो । इङ्ल्याण्डका लागि मोइन अलीले सर्वाधिक ३५ रन बनाए । भारतका भुवनेश्वर कुमारले ३ विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको भारतले २० ओभरमा ८ विकेट गुमाउँदै १७० रन बनायो । भारतका लागि रविन्द्र जेडेजाले सर्वाधिक ४६ रन बनाए । इङ्ल्याण्डका क्रिस जोर्डनले ४ विकेट लिए ।
यसअघि पहिलो खेल भारतले ५० रनले जितेको थियो ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


